राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नर्सिङ अध्यापनको अनुमति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नर्सिङ अध्यापनको अनुमति


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्यापनको अनुमति प्राप्त गरेको छ ।

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएन एसको कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गरेको हो । आयोगले नर्सिङ अध्यापनका लागि २०-२० सिट निर्धारण गरेको छ । योसँगै प्रतिष्ठानमा पहिलो पटक शैक्षिक कार्यक्रममा सुरु हुन लागेको हो ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले आयोगको अनुमति पाएसँगै नर्सिङ अध्यापनको बाटो खुलेको बताए ।

उनले अगामी शैक्षिक शत्रदेखि प्रतिष्ठानमा अध्यापन सुरु हुने बताए । यसका लागि प्रतिष्ठानमा सबैखाले पूर्वाधार तयार भइसकेको उनले बताए ।

उनले प्रतिष्ठानले उपचार सेवासँगै शैक्षिक कार्यक्रम पनि सञ्चालन हुने बताए । यसअघि प्रतिष्ठानले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरे पनि अनुमति पाएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस