प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा विप्लव र प्रकाण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा विप्लव र प्रकाण्ड


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रमचन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार (आज) बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो।

भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार विप्लवले विगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए।

प्रधानमन्त्री प्रचण्डले तीन बुँदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ। भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत थिए।

अदालतमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी घटकको निकटता बढ्दै गएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस