हात्तीको आक्रमणबाट पिकनिक खान गएका युवकको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हात्तीको आक्रमणबाट पिकनिक खान गएका युवकको मृत्यु


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । वनभोज खान गएका एक युवकको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

सिराहाको गोलजबरा नगरपालिका-३ जमदह चुरे क्षेत्रको जङ्गलमा होलीको अवसरमा साथीहरूसँग वनभोज खान गएका २२ वर्षीय देवप्रसाद सदाको मृत्यु भएको हो ।

खानेकुरा पकाएर खाने क्रममा मङ्गलवार अपराह्न करिब ४ बजेतिर उत्तरतिरबाट आएको दुई वटा हात्तीको समूहले आक्रमण गरेपछि सदाको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

हात्ती देखेपछि अन्य भाग्न भ्याए पनि उनी भाग्न नभ्याउँदा आक्रमणमा परी मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनास्थलबाट भागेका युवाहरूले घटनाको जानकारी दिए लगत्तै स्थानीय बासिन्दा र प्रहरी मिलेर हात्तीलाई जङ्गलतिर लखेटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस