‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया काठमाडौँमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया काठमाडौँमा


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । ‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटिया होलीको बिदा मनाउन नेपाल आइपुगेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्बिर पोस्ट गरेकी छन् ।

भारतमा मङ्गलवार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी हुन् । ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना समेत दिएकी छन् ।

तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’का दुवै शृङ्खलाले नेपालमा आक्रामक कमाइ गरेका थिए । ती फिल्ममा उनी अभिनेता प्रवासको अपोजिटमा देखिएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस