सर्लाहीमा पहिलो चार्जिङ स्टेसन सञ्चालन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्लाहीमा पहिलो चार्जिङ स्टेसन सञ्चालन


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । पूर्व-पश्चिम लोक मार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।

ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो । 

दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेसनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रअन्तर्गत हरिवन केन्द्रका प्रमुख जागेश्वर रामले दुई वटा उपकरणबाट एकै पटक छ वटा सवारी साधन चार्ज गर्न मिल्ने जानकारी दिए । 

उपकरणमा राखिएको क्युआर कोडमा ग्राहकले एनइए मोबाइल एपमार्फत स्क्यान गरेपछि उपकरणले चार्ज सुरु गर्ने उनको भनाइ छ । समयानुसार एपमार्फत ग्राहकले सञ्चित गरेको रकमबाट सिधै प्राधिकरणको खातामा पैसा जम्मा हुने प्रविधि मिलाइएको केन्द्रका प्रमुख रामले जानकारी दिए ।

विद्युतीय सवारीले त्यति नै दूरी एक हजार खर्च गरे पुग्ने उनले बताए ।   

Tags :
प्रतिक्रिया दिनुहोस