कतारी अमिर द्वारा नयाँ प्रधानमन्त्री नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कतारी अमिर द्वारा नयाँ प्रधानमन्त्री नियुक्त


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । साथै उनले अर्का एक जनालाई गृहमन्त्री बनाएका छन् । 

अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिएको राजीनामा अमिरले स्वीकृत गरेका हुन्  । 

विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । उनले नियुक्तपछिको केही घण्टामै पद तथा गोपनीयताको शपथ लिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । 

गत वर्ष यहाँ आयोजित विश्वकप फुटबल प्रतियोगिताका निम्ति गठित सरकारी सुरक्षा समितिको नेतृत्व गरेका शेख खलिफा बिन हमाद बिन खलिफा अल थानी गृहमन्त्रीमा नियुक्त भएका छन् । उनले  लेखविया आन्तरिक सुरक्षा बलमा पनि सेवा गरेका थिए ।

४२ वर्षीय नवनियुक्त प्रधानमन्त्री अब्दुलरहमान अल थानी अर्थशास्त्री हुन् । कतारी अमिरको उमेर पनि उनकै हाराहारीमा छ । गृहमन्त्री पनि उनीहरूकै समकालीन छन् । 

५५ वर्षका पूर्वप्रधानमन्त्री सन् २०२० को जनवरीदेखि सरकार प्रमुख थिए । 

केन्द्रीय बैंकका गभर्नर शेख बन्दर बिन मोहम्मद बिन साउद अल थानी विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष मध्येको  एक कतार लगानी प्राधिकरणको अध्यक्ष बनेका छन् । यसअघि नयाँ प्रधानमन्त्रीले उक्त पद सम्हालेका थिए । 

नयाँ सरकारमा रक्षामन्त्री खालिद बिन मुहम्मद अल–अतियाह उपप्रधानमन्त्री बनेका छन् । 

वर्तमान अमिरका पिता शेख हमाद बिन खलिफा अल थानीले सन् २०१३ मा आफ्नो सुपुत्रका निम्ति राजगद्दी त्याग गरेका थिए । १८र वर्षअघि उनले रक्तपातरहीत ढङ्गले आफ्नै पितालाई सत्ताच्युत गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस