मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति दिएको छैनौँ : प्रधानमन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति दिएको छैनौँ : प्रधानमन्त्री


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति नदिएको बताएका छन् ।

हालै मात्र एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाएका थिए ।

मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले मुस्ताङको विषयमा चर्चा भइरहेको भन्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्न धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको बताए । उनले अघि भने, ‘नेपाल सरकारले कहीँकतै स्वीकृति दिएको छैन ।’

मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढङ्गले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने समेत उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस