‘द्वन्द्वकालको मुद्दा अदालतमा जाँदा शान्ति प्रक्रिया कायम रहँदैन’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘द्वन्द्वकालको मुद्दा अदालतमा जाँदा शान्ति प्रक्रिया कायम रहँदैन’


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले विस्तृत शान्ति सम्झौता, संविधानको मर्म र भावनाअनुसार संक्रमणकालीन न्यायको विषयबाटै टुङ्गिनुपर्नेमा जोड दिएका छन् ।

द्वन्द्वकालीन घटनाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता भएपछि सिंहदरवारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिले अदालतमा गइसकेको विषय भएकाले विस्तृत शान्ति सम्झौता र संविधानको मर्म बमोजिम हेर्ने विश्वास जनाए ।

उनले भने, ‘यसलाई रेगुलर कोटको विषय बनाउँदा शान्ति प्रक्रियाको निरन्तरता पाउँछ कि पाउँदैन ? शान्ति प्रक्रिया सम्मान हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्छ । विस्तृत शान्ति सम्झौताले द्वन्द्वकालका न्यायिक निरूपणको पक्षलाई संक्रमणकालीन न्यायको पक्षमा राखेको छ ।’

व्यवहारिक र विषयवस्तुको हिसाबले पनि संक्रमणकालीन न्यायको विषय संविधान र विस्तृत शान्ति सम्झौताअनुसार समाधान हुनुपर्ने तर्क राखे ।

‘विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्तामध्येको एक जनालाई द्वन्द्वकालकै इस्युमा फौजदारी अभियोगको बाटोमा हिँड्दाखेरि शान्ति प्रक्रिया कायम रहँदैन’ नेता बस्नेतको भनाई छ ।

उनले शान्ति प्रक्रियालाई टुङ्ग्याउन केही ढिलाइ भए पनि अब छिट्टै टुङ्ग्याउन लागिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस