प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चको भूमिका सकारात्मक हुन्छ : रमेश लेखक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चको भूमिका सकारात्मक हुन्छ : रमेश लेखक


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दामा परेपछि सर्वोच्च अदालतको भूमिका सकारात्मक हुने टिप्पणी गरेका छन् । 

मङ्गलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको आठ दलीय गठबन्धनको बैठकपछि बोल्दै उनले अदालतमा रिट पर्नु स्वभाविक भएको भन्दै सर्वोच्चको भूमिका सकारात्मक हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘सामान्यता फौजदारी कानुन आकर्षित हुन्छ भन्ने होइन । यसअघिको रिट आदेशमा पनि द्वन्द्वकालीन मुद्दा सङ्क्रमणकालीन न्यायको ढङ्गले टुङ्गिनु पर्छ भनिसकेको छ । द्वन्द्वकालीन मुद्दामा न्याय दिन ढिलो भयो ।’ उनले छानबिन आयोग गठन गरेर द्वन्द्वकालीन मुद्दा छिटो निष्कर्षमा पुर्‍याउनु पर्ने बताए । 

‘द्वन्द्वको बेलामा भएका घटनाहरू सङ्क्रमणकालीन न्याय ढङ्गले निरूपण गर्नुपर्छ । हाम्रो पनि कमजोरी भएको छु, उनले भने,’रेगुलर कोर्टबाट होइन, सङ्क्रमणकालीन न्यायबाटै गर्नुपर्छ । ऐन बनाउन विधेयकहरू तत्काल संसदमा पेस गर्नुपर्छ ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस