कैलालीका युवकको कुटपिट गरी हत्या « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कैलालीका युवकको कुटपिट गरी हत्या


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । कुटपिटबाट कैलालीका एक युवकको हत्या गरिएको छ।

डोटीको पूर्वीचौकी गाउँपालिका-१ छेप्लाडीमा स्कुलको भवनमा निर्माणको काम गर्ने मजदुरको कुटपिटबाट मृत्यु भएको हो।

कैलाली धनगढी उपमहानगरपालिका-१७ धुर्जनाका ३५ वर्षीय रजि साउँदको हत्या भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिए।

आइतबार कुटपिटको घटनापछि गम्भीर घाइते भएका साउँदलाई उपचारको लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको डोटी प्रहरीले बताएको छ।

काम सकिएपछि राति मदिरा सेवन गरेको र आपसमा विवाद भएपछि बेल्छाले प्रहार गरिएपछि साउँद घाइते भएका थिए।

प्रहरीले स्थानीय डबल सेट्टीलाई हत्या आरोपमा पक्राउ गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस