धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका– १० लालगढमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गए राति राति ११ बजेतिर बर्दिबासबाट लालगढतर्फ आउँदै गरेको प्रदेश २–००२–०३ प ७७४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानवको मृत्यु भएको छ।

मोटरसाइकलले सडक मानवलाई ठक्कर दिएको हो। दुर्घटनामा घाइते भएका अपरिचित सडक मानवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस