पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको भाषण प्रसारणमा प्रतिबन्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको भाषण प्रसारणमा प्रतिबन्ध


२२ फाल्गुन २०७९, सोमबार


 काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका भाषण प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ । राज्यका संस्थाविरुद्ध घृणा बढाउने अभिव्यक्ति दिएको आरोपमा टिभी च्यानलहरूलाई खानको भाषण र सम्मेलनहरू प्रसारण गर्न प्रतिबन्ध लगाइएको हो ।

खानले पूर्वी सहर लाहोरमा भाषणका क्रममा गत वर्ष अप्रिलमा आफूलाई सत्ताबाट हटाउनुका पछाडि सेनाका पूर्वप्रमुख जनरल कमर जावेद बाजवाको भूमिका रहेको आरोप लगाएका थिए । राजधानी इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि क्रिकेटरबाट राजनीतिज्ञ बनेका उनले यस्तो भाषण गरेका हुन् । उक्त आरोप अस्वीकार गर्ने खान गिरफ्तारीबाट जोगिएका थिए ।

खानले प्रधानमन्त्री पद गुमाएपछि र तत्काल राष्ट्रिय निर्वाचनको मागसहित जुलुस गरेपछि त्यति बेला पनि उनको समाचार प्रसारण गर्न प्रतिबन्ध लगाइएको थियो ।

प्रतिबन्ध लगाएको झन्डै दुई घण्टापछि रेगुलेटरी अथोरिटीले खानको लाहोर भाषण प्रसारण गरेको भन्दै निजी समाचार च्यानल एआरवाई न्युजको लाइसेन्स निलम्बन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस