कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । डोटीको पूर्वीचौकी गाउँपालिकामा स्कुलमा काम गरी रहेका लेबरको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । 

स्कुलमा लेबरी काम गर्ने कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जनाका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको आरोपमा  सोही ठाउँका ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो । 

प्रहरीका अनुसार सो घटनाबारे थप अनुसन्धान भइरहेको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस