नेपाललाई दोस्रो सफलता, दीपेन्द्रले लिए विकेट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाललाई दोस्रो सफलता, दीपेन्द्रले लिए विकेट


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले उत्कृष्ट सुरुआत गरेको छ। सुरूआती दोस्रो बलमै विकेट गुमाएको युएईले २३.४ ओभरमा दोस्रो विकेट गुमायो।

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदानको अन्तिम खेल खेलिरहेको युएईका लागि अर्यान लर्कानले अर्धसतक पुरा गरेर आउट भए।

७८ बल खेलेका उनले दीपेन्द्र सिंह ऐरीको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि ४ चौका र १ छक्कासहित ५० रन बनाएका थिए 

यस्तै आसिफ खान ४० रन बनाएर खेलिरहेका छन्।

तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका प्रमुख ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका थिए। वासिमको विकेटपछि भने नेपालले दोस्रो विकेट निकै सङ्घर्ष गर्नुपरेको हो।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस