उपत्यकामा ४४५ सवारी साधन होल्ड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपत्यकामा ४४५ सवारी साधन होल्ड


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । फागु पूर्णिमामा सवारी नियम उल्लङ्घन गर्ने ४४५ सवारी साधन होल्ड भएका छन् । ट्राफिक प्रहरी प्रवक्ता एसपी अविनारायण काफ्लेका अनुसार यो विवरण केहिबेर अघि सम्मको हो । 

फागु पूर्णिमाको अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुविरुद्ध गरिएको चेकजाँचमा यो संख्यामा सवारी साधनहरू होल्ड भएका हुन् ।

मादक पदार्थ सेवन गरेका, दुई पांग्रे सवारी साधनमा तीन जना चढेका तथा कागज पत्र नबोकी सञ्चालनमा रहेको सवारी साधन होल्ड भएका छन् ।

दिउँसो २ बजेसम्म उपत्यकाका तीन वटा जिल्लामा कुनै पनि अप्रिय दुर्घटनाका घटनाहरू नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ६८ स्थानमा चेक पोइन्ट खडा गरेर सवारी गतिविधि चेकजाँच भइरहेको महाशाखाले जनाएको छ ।

प्रहरी निरीक्षकको कमाण्डमा घुम्ती अनुगमन पनि भइरहेको र प्रहरी नायव उपरीक्षकहरूले कमाण्ड गर्ने गरी सवारी जाँच कार्यको अनुगमन भइरहेको महाशाखाले जनाएको छ 

Tags :
प्रतिक्रिया दिनुहोस