युएईविरूद्ध भीम सार्कीले बनाए अर्धसतक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

युएईविरूद्ध भीम सार्कीले बनाए अर्धसतक


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । आइसिसी विश्व कप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत खराब सुरुआत गरेको नेपालका लागि भीम सार्कीले आफ्नो पहिलो ओडिआई अर्धसतक पुरा गरेका छन्।

पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ७८ बलमा ५ चौकासहित आफ्नो पहिलो एक दिवसीय अर्धसतक पुरा गरेका हुन्।

६८ रनमा ५ विकेट गुमाएर खराब प्रदर्शन गरिरहेको नेपालका लागि भीम सार्की र सन्दीप लामिछानेले ५६ रनको साझेदारी गर्दै नेपालको १०० रन पार गराएका थिए। तर ३२ औँ ओभरको दोस्रो बलमा लामिछाने व्यक्तिगत २७ रनमा क्याचआउट भए। उनले ४० बल खेल्दै १ चौका हिर्काए।

नेपालका लागि शीर्ष ५ ब्याटर ज्ञानेन्द्र मल्लले ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल १, दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए।

युएईका लागि जुनाइद सिद्धिकि र आयन लाक्राले २/२ तथा रोहन मुस्ताफा र कार्तिक मैयाप्पनलेले १/१ विकेट लिए।

अहिले क्रिजमा आरिफ शेख र भीम सार्की ब्याटिङ गरिरहेका छन्।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले ४३ ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएर खेलिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस