शरदसिंह भण्डारीलाई ऊर्जामन्त्री बनाउँदै लोसपा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शरदसिंह भण्डारीलाई ऊर्जामन्त्री बनाउँदै लोसपा


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीलाई मन्त्री बनाउने तयारी गरेको छ । लोसपाबाट भण्डारीलाई नै सरकारमा पठाउने तय भएको तर मन्त्रालयको भने टुङ्गो नलागेको एक नेताले जानकारी दिए । 

तर, ऊर्जा मन्त्रालयका लागि लबिङ गरिरहेको ती नेताको भनाइ छ । 

“पार्टीको वरिष्ठ नेता पनि हो, उहाँ (शरदसिंह भण्डारी । हामीले उहाँलाईनै मन्त्री बनाएर सरकारमा पठाउँछौँ,” ती नेताले बाह्रखरीसँग भने, “मन्त्रालय चाहिँ हामीले ऊर्जा भनेका छौँ । गठबन्धनभित्र संवाद भइरहेको छ ।”

वर्तमान गठबन्धनमा लोसपाले एक मन्त्रालय पाउने निश्चित छ । तर, लोसपाले गठबन्धनमा एक संसदीय समितिको प्रमुख पनि मागेको छ । समितिको पनि टुङ्गो लागिसकेको छैन । पार्टीले सके राज्यमन्त्री पनि लिने प्रयास गरिरहेको ती नेताले बताए । 

ती नेताका अनुसार समिति सभापतिमा भने पार्टीबाट सर्वेन्द्रनाथ शुक्ला जानेछन् । राज्यमन्त्री पाए रामप्रकाश चौधरीलाई पठाउने तयारी पार्टीले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस