मुख्यमन्त्री शर्माद्वारा सम्पत्ति विवरण सार्वजनिक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मुख्यमन्त्री शर्माद्वारा सम्पत्ति विवरण सार्वजनिक


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा शर्माले आइतबार आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरण अनुसार शर्माको दाङ र रुकुम पश्चिम गरी दुई ठाउँमा कृषि खेती रहेको छ । उनले रुकुम पश्चिम चौरजहारी नगरपालिका र दाङको लमहीमा जग्गा रहेको उल्लेख गरेका छन् । उनले विवरणमा आफ्नो घर नरहेको उल्लेख गरेका छन् । उनले आफ्नो आम्दानीको रूपमा कृषि खेती देखाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस