काठमाडौँमा वायु प्रदूषण बढ्दै  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँमा वायु प्रदूषण बढ्दै 


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्ला चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको सूचकाङ्क (एक्यूआई) ले देखाएको छ । 

आईक्यू एयरका अनुसार उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ । एयरका अनुसार आइतबार बिहान काठमाडौँको अमेरिकन एम्बेसी अगाडिको मापन यन्त्रले देखाएको वायु प्रदूषणको मात्रा १८४ यूएस एक्यूआई छ । 

त्यस्तै, रत्नपार्कको १७३, भक्तपुरको १७९, कीर्तिपुरको १६२, यूएस एक्यूआई  देखिएको छ । बिहीबार १६५ यूएस एक्यूआई रहेकोमा शुक्रबार १६६, १६९ हुँदै आइतबार १८४ यूएस एक्यूआई  पुगेको हो । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार एक्यूआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । 

एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । यो एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने डब्लूएचओले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस