पूर्व राजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि दुर्गा प्रसाईँले भने : राजतन्त्र जिन्दाबाद नभन्नू « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्व राजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि दुर्गा प्रसाईँले भने : राजतन्त्र जिन्दाबाद नभन्नू


२० फाल्गुन २०७९, शनिबार


काठमाडौँ । दुर्गा प्रसाईँले ‘राजतन्त्र-जिन्दाबाद’ नभन्न आग्रह गरेका छन् ।

राजतन्त्र पुरस्थापना गर्ने भन्दै शनिबार काठमाडौँको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्व राजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन ।

यस अघि उनका समर्थकहरूले राजा आऊ, देश बचाऊलगातका नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका थिए । तर प्रसाईँले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे ।

उनले राजतन्त्र चाहिने हो भने पूर्व राजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राखे । प्रसाईँले आफू पूर्व राजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि बताए ।

उनले भने, ‘म तपाईँहरूलाई राजतन्त्र जिन्दाबाद नभन्न आग्रह गर्दछु । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनु पर्‍यो नि । हामीसँगै आउनु पर्‍यो । भिड्नु पर्‍यो । हामीलाई साथ दिनु पर्‍यो । राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईँ । म राजा देखाएर सांसद बनेर जान्न ।’

माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईँले हाल सो पार्टी पनि परित्याग गरी राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौंमा आन्दोलनको कार्यक्रम सुरु गरेका हुन् ।

उनले आफूले व्यवसाय गरिखाने, रोजगारीको अवसर सृजना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुन परेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस