लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो : कमल थापा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो : कमल थापा


२० फाल्गुन २०७९, शनिबार


हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भएको बताएका छन् ।

राप्रपा नेपाल मकवानपुरद्वारा हेटौँडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुकका ठुला भनिने नेताहरू निर्लज्ज ढङ्गले लुट मच्चाउन लागेको आरोप लगाए ।​

अर्बौँ भ्रष्टाचारको मुद्दाहरू एनसेल करछली, वाईडबडी, सार्वजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुँदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार गर्ने काममा ठुला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको थापाको टिप्पणी थियो । उनले विदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रूपमा बढेको र मुलुकको स्वाधीनता कमजोर भएको समेत बताए ।

राप्रपा नेपाललाई उठाउने र मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने दृढता व्यक्त गर्दै थापाले कार्यकर्ताहरूलाई उच्च मनोबलसहित अब सङ्गठन निर्माणमा केन्द्रित हुन समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला र नेता गणेश थापाले पार्टी निर्माणको निमित्त सबै एकजुट भएर सङ्गठन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस