प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो । २०७६ माघ १ गते प्रचण्डले द्वन्द्व कालमा मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्तिलाई दिएर अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । 

सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिमा टेकेर पेस भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपिठ(दर्ता नहुने) आदेश गरेको थियो । उक्त दरपिठ आदेश विरुद्ध निवेदकहरूले सर्वोच्चमा अर्को निवेदन हालेसँगे न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो । 

प्रचण्डको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्द्व पीडित पक्षले उनीमाथि कारबाहीको माग गर्दै प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग लगायतका निकायमा उजुरी दिएका थिए । उजुरीमाथि कारबाहीको अपेक्षा राखिएपछि प्रक्रिया अघि नबढाइएको भन्दै हिंसापिडितहरुले प्रक्रिया अघि बढाउन माग राखी सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस