पशुपतिमा १८ दिनसम्म मेला चलाएपछि छानबिन समिति गठन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पशुपतिमा १८ दिनसम्म मेला चलाएपछि छानबिन समिति गठन


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा आयोजना गरेको मेला तोकिएको समय अवधिभन्दा बढी लगाइएको गुनासो आएपछि  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

७ दिनसम्मका लागि ठेक्का लगाइएको मेला १८ दिनसम्म सञ्चालन भएको सूचना पाएपछि मन्त्रालयका सहसचिव राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन भएको मन्त्रालयले जनाएको छ।

तीन सदस्य रहेको छानबिन समितिको सदस्यमा मन्त्रालयका उपसचिव अर्जुन राई र अधिकृत जयन्ती श्रेष्ठ छन्।

समितिलाई ७ दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदनका लागि समय दिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस