‘खानेपानी र ढल बनाउँदा पूर्वाधारमा क्षति पुगेर नेटवर्कमा समस्या देखियो’  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘खानेपानी र ढल बनाउँदा पूर्वाधारमा क्षति पुगेर नेटवर्कमा समस्या देखियो’ 


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाल टेलिकमले उपत्यकामा सडक, खानेपानी, ढल र विद्युत् मर्मतका क्रममा आफ्नो पूर्वाधारमा क्षति पुगेर मोबाइल र टेलिफोनका ग्राहकले समस्या भोग्नुपरेको बताएको छ ।

टेलिकमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोङ्गबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, कीर्तिपुर लगायत स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुगेर ग्राहकले समस्या भोग्नुपरेको बताएको छ ।

‘सडक, खानेपानी, ढल, विद्युत्, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुग्ने गरेको छ’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले भनेका छन्, ‘यसले गर्दा हजारौँ ग्राहकहरू वर्तमान समयमा अत्यावश्यक भइसकेका दूरसञ्चार सेवाहरू प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ ।’

टेलिकमले संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने भन्दै आफूहरू सबै निकायसँग समन्वय र सहकार्य गर्न तयार तयार रहेको बताएको छ ।

संरचनामा क्षति पुगेर सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत गर्ने गरेको पनि टेलिकमका प्रवक्ता अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस