राज्यबाट पाउने सेवा, सुविधा पाइएन : उपसभामुख राना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राज्यबाट पाउने सेवा, सुविधा पाइएन : उपसभामुख राना


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छिन् ।

भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी सङ्गठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् ।   पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ छ ।

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको भन्दै उनले त्यस्ता गतिविधि सहन नसकिने बताइन् ।

‘पहिला पुरुष उपसभामुख हुँदा आर्मी दिन्थ्यो रे । उहाँहरूलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ, दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ,’ उनले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस