अब विदेशी पर्यटक विनागाइड पदयात्रामा जान नपाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अब विदेशी पर्यटक विनागाइड पदयात्रामा जान नपाउने


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपालमा अब विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान नपाउने भएका छन्। नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी यस्तो निर्णय गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

नेपालमा कोभिड-१९ भन्दा अगाडि वार्षिक ५१ हजार हाहारारी पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रूपमा आउने गरेका छन् । यस्ता पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए ।

यस्ता पर्यटक पदयात्राका दौरान बढी असुरक्षित हुने र समस्या पर्दा उद्धारमा पनि समस्या हुने अवस्था दोहोरिएपछि गन्तव्यलाई अझ बढी सुरक्षित बनाउन यस्तो निर्णय लिनु परेको लामिछानेले बताए ।

यससँगै अब एफआईटीका लागि जारी हुने टिम्स कार्ड जारी नहुने भएको छ । पर्यटकले ट्रेकिङ कम्पनीमार्फत नेपाल आएर गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस