नगर प्रहरी प्रमुख पाण्डेलाई आक्रमण गर्ने दुई जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नगर प्रहरी प्रमुख पाण्डेलाई आक्रमण गर्ने दुई जना पक्राउ


१९ फाल्गुन २०७९, शुक्रबार


पक्राउ

काठमाडौँ । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुकुम बहादुर लामा र नारायण परिश्रमिक छन् ।

नारायणलाई सुनसरीबाट र हुकुम बहादुर लामालाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले बताए ।

मङ्सिर १२ मा थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन खोज्दा उनीहरूले ढुंगामुढा गरेका थिए । महानगरपालिकाको प्रहरी टोलीलाई घरेलु हतियार सहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीलेहरुले आक्रमण गर्दा पाण्डे सहितका प्रहरी घाइते भएका थिए ।

महानगरपालिकाले दिएको जाहेरीका आधारमा प्रहरीले अरोपीहरु विरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस