चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । अभिनेता विपीन कार्की अभिनित चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएको छ ।

निर्देशक सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी मुख्य भूमिकामा देखिएका छन् । विपिन र केकी श्रीमान् श्रीमतीको भूमिकामा देखिएका छन् ।

‘प्रसाद’ को सिक्लेलमा बनेको ‘प्रसाद २’ ले जातियताको मुद्दालाई उठान गरेको छ । लभ स्टोरी चलचित्र निर्माण गर्न माहिर मानिएका सुदर्शनले यसपटक सामाजिक कथावस्तुलाई उक्त ट्रेलरका उत्कृष्ट ढङ्गबाट प्रस्तुत गरिएको देख्न सकिन्छ ।

यो चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् भने सुभाष थापाको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो । चलचित्रको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने निर्माण पक्षले दाबी गरेको छ ।

हेर्नुस् ट्रेलर:

Tags :
प्रतिक्रिया दिनुहोस