राप्रपाको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउने जिम्मा मिश्रलाई « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राप्रपाको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउने जिम्मा मिश्रलाई


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय निर्देशन समितिको बैठकले पार्टीको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन  वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन गरेको छ । 

समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको बैठकले समितिलाई २ महिना भित्र पेस गर्ने समय दिएको हो । उक्त समितिको सदस्यमा उपाध्यक्षहरू हेमजङ्ग गुरुङ र उद्धव पौडेल रहेका छन् ।

त्यस्तै, पार्टी आन्तरिक विवाद तथा निष्क्रिय रहेका जिल्लाहरूको समस्या समाधानबारे छानबिन गरी १५ दिन भित्र आवश्यक सुझाव पेस गर्न केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापालाई जिम्मेवारी दिने निर्णय गरिएको  प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस