निर्माण व्यवसायी महासङ्घ लुम्बिनीको अध्यक्षमा राना चयन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निर्माण व्यवसायी महासङ्घ लुम्बिनीको अध्यक्षमा राना चयन


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घ लुम्बिनी प्रदेश अध्यक्षमा बलिभद्र राना सर्वसम्मत चयन भएका छन् । यसअघि पनि अध्यक्ष रहेका राना दोस्रो कार्यकालका लागि चयन भएका हुन् ।

राना गत मंसिर ४ को निर्वाचनमा नेकपा एमालेबाट दाङ क्षेत्र नं २ (१) मा प्रत्यक्षतर्फ प्रदेश सांसदमा उम्मेदवार थिए । तर पराजित भएका थिए । रानाले लुम्बिनी प्रादेशिक अस्पतालको करिब ७ अर्ब लागको ठेक्कामा मिलेमतो भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा देवीलाल न्यौपाने, उपाध्यक्षहरूमा नवराज श्रेष्ठ, नारायण पोखरेल, नारायण भुसाल, सहदेव खड्का, रवीन्द्र लम्साल, नवीन ज्ञवाली, प्रकाश साह, प्रवीण कुँवर, दिनेश हमाल, महासचिवमा भेषराज पौडेल र कोषाध्यक्षमा त्रिभुवन मिश्र निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस