पशुपति क्षेत्रका अवैध संरचना हटाउन कोषले माग्यो बालेनको सहयोग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पशुपति क्षेत्रका अवैध संरचना हटाउन कोषले माग्यो बालेनको सहयोग


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा बनेका अवैध संरचना हटाउन काठमाडौँ महानगरपालिकाको सहयोग मागेको छ ।

महानगरका मेयर बालेन साहलाई सम्बोधन गरेर बुधबार पठाइएको पत्रमा कोष अन्तर्गत पर्ने क्षेत्रमा अतिक्रमित संरचना अझै बाँकी रहेकाले हटाएर सहयोग गरिदिन आग्रह गरिएको छ ।

कोषले यसअघि अतिक्रमित संरचना हटाएकोप्रति महानगरलाई धन्यवाद पनि दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस