जेलमै भेट्न पुगेका रामचन्द्रसमक्ष रेशम चौधरीले राखे यस्ता सर्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जेलमै भेट्न पुगेका रामचन्द्रसमक्ष रेशम चौधरीले राखे यस्ता सर्त


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।

केन्द्रीय कारागार डिल्लीबजारमा रहेका चौधरीलाई नेता पौडेलले भेटेका हुन् ।

उनले नेता पौडेललाई भोट हाल्नको लागि भेटवार्ताको क्रममा आफ्नो सर्त अघि सारेका छन् ।

उनले नेता पौडेलसमक्ष सुदूरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्नुपर्ने, टीकापुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने, गोदावरीमा रहेको राजधानीलाई टीकापुरमा राख्नुपर्ने, टीकापुर घटनाको दोषीलाई रिहाइ गर्नुपर्ने अडान राखेको स्रोतले बताएको छ । 

उनले आफ्नो रिहाइ नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने स्पष्ट सन्देश पठाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस