त्रिविमा नेविसंघका दुई समूहबीच झडप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रिविमा नेविसंघका दुई समूहबीच झडप


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का दुई समूहबीच झडप भएको छ । चैत ५ मा हुने स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बसेको बैठक संस्थापन र इतरपक्षबीच झडप भएको हो । झडपमा परी नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल गम्भीर घाइते भएका छन् ।

उम्मेदवार छनौट गर्ने विषयमा अध्यक्ष दुजाङ शेर्पाले गुण्डा पठाएर आफूहरूमाथि आक्रमण गरेको उनीहरूको भनाई छ । इतरपक्षका नेताहरूले अध्यक्ष भएर त्यस्तो कार्य गर्नु खेदजनक भएको उनीहरूको भनाई छ ।

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका विभिन्न समूह सक्रिय थिए । त्यसपछि नेविसंघ केन्द्रीय कार्यालयले नेविसंघको कुनै पनि आधिकारिक समूह नरहेको भन्दै विज्ञप्ति जारी गरेका थिए । प्रतिनिधिमार्फत नेविसंघका गतिविधिहरू सञ्चालन हुने बताएका थिए । 

सोही आधारमा त्रिविमा नेविसंघले केन्द्रीय प्रतिनिधि खटाएर आफ्ना गतिविधि गर्दै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस