‘राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित छ’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित छ’


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले ८ दलीय गठबन्धनमा काँग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन्।

बिहीबार काठमाडौँमा भएको ८ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा मत माग्नका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गरे। उनले अभिमुखीकरण कार्यक्रममा ८ दलका शीर्ष नेताहरुले आफ्ना सांसदहरुलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको बताए।

पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ण राख्दै संविधानको संरक्षकका रूपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस