जनमतले माग्यो उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जनमतले माग्यो उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । जनमत पार्टीका सांसद एवं खानेपानी मन्त्री अब्दुल खानले पार्टीले उपप्रधानसहित दुईवटा मन्त्रालय पाउने सहमति भएको बताएका छन् ।

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेका आठ दलका सांसदका लागि आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् । ‘उपप्रधानमन्त्रीसहित दुईवटा मन्त्रालय पाउँछ । कुन–कुन भन्ने विषयमा बैठक भएको छैन । बैठकपछि निर्णय आउँछ,’ उनले भने ।

यसअघि एमालेसहितको गठबन्धनको सरकारमा उद्योग मन्त्रालय नदिइएको भन्दै जनमत पार्टी लामो समयसम्म सरकारमा गएको थिएन । उपप्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष सिके राउत पनि मन्त्री बन्ने सम्भावना रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस