पूर्व राजादम्पती भारत भ्रमणमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्व राजादम्पती भारत भ्रमणमा


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा रहेका छन् । उनी दुई दिनअघि पत्नी कोमलसहित झापाबाट भारत गएका हुन् ।

पूर्वराजाका संवाद सचिव फणीराज पाठकले पूर्वराजा भारतमा रहेको पुष्टि गरे । तर, भ्रमणको विस्तृत विवरण आफूसँग नरहेको बताए ।

पूर्व राजासँग उनका स्वकीय सचिव सागर तिमल्सिना पनि छन् । भ्रमणको उद्देश्य थाहा हुन सकेको छैन, यद्यपि राजनीतिक भेटघाटहरू हुनसक्ने बुझिएको छ ।

लामो समयदेखि झापामा बसिरहेका पूर्व राजादम्पत्ती काठमाडौँ नआई त्यतैबाट भारत गएका हुन् ।

केही दिनअघि पूर्वराजाले दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका थिए ।

उनले झापामा नै बाक्लो राजनीतिक भेटवार्ताहरू गरिरहेका थिए । उनको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस