महालेखाद्वारा तीन कार्यक्रमका लागि रकम फुकुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महालेखाद्वारा तीन कार्यक्रमका लागि रकम फुकुवा


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले तीन कार्यक्रमका लागि रकम फुकुवा गरेको छ । कार्यालयले फागुन ११ गते (बिहीबार) युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना र शिक्षाको लागि खाद्य कार्यक्रम परियोजनाका लागि रकम निकासा फुकुवा गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजनाका लागि विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास महासङ्घ (आईडीए)ले ऋण सहयोग गरेको बताइएको छ ।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाका लागि विश्व खाद्य कार्यक्रमले अनुदान दिने बताइएको छ ।

त्यसका साथै कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनातर्फको विश्व बैंक अन्तर्गत रहेको अन्तर्राष्ट्रिय विकास महासङ्घ (आईडीए) ट्रस्ट फन्डले दिने अनुदानबापतको रकम फुकुवा गरिएको बताइएको छ ।

यो परियोजनाले खर्च गरेको रकम कार्यालयले आर्थिक वर्षको त्रैमासिक रूपमा फुकुवा गर्ने गरेको कार्यालयका लेखा अधिकृत प्रदीपराज खरेलले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस