काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती ऐन संसद्को चालु अधिवेशनमै पेस गर्ने तयारी भइरहेको बताएका छन् ।
सुनसरीको तरहरामा जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् ।
संघीय निजामती ऐन संशोधन नै हुन नसक्ने कुनै पुराण वा बाइबलजस्तो नभएको बताउँदै मन्त्री मोदीले भने, “हामी चालु अधिवेशनमा नै संघीय निजामती ऐन टेबुल गर्ने तयारीमा छौँ, पछि हामी संशोधन गर्दै जान्छौँ, अहिले जसैगरी ऐन ल्याउने तयारीमा छौँ ।”
छलफलमा विभिन्न कार्यालयका प्रमुखहरूले सुझावसहित आफ्नो समस्या पेस गरेका थिए ।
सम्बन्धित समाचार : राजनीतिक गतिविधिमा क्रियाशील भए कर्मचारीलाई कारबाही गर्ने मन्त्री मोदीको चेतावनी