विमान दुर्घटनामा दिवङ्गतको आत्म शान्तिका लागि महायज्ञ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विमान दुर्घटनामा दिवङ्गतको आत्म शान्तिका लागि महायज्ञ


६ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । यती एयरलाइन्सले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तीन दिने महायज्ञ सम्पन्न गरेको छ ।

धार्मिक गुरु एवं ज्योतिषी पुष्कर खतिवडाको अगुवाइमा आचार्य लक्ष्मीप्रसाद खतिवडाको नेतृत्वमा शङ्कराचार्य पीठ वेदवेदाङ्ग पाठशाला, झापाका ब्राह्मण तथा गुरुद्वारा गरिएको महायज्ञ यही फागुन ४ गतेदेखि सुरु भई आज शिवरात्रिको दिनमा सम्पन्न भएको हो । महायज्ञमा एयरलाइन्सका सम्पूर्ण विमानको समेत पूजा गरिएको थियो ।

विमान दुर्घटनाका कारण यात्रुका आफन्तजनमा पर्न गएको पीडा बोध महसुस गरी उनीहरूमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् र दिवङ्गत भएकाको आत्माले शान्ति प्राप्त गरून् भन्ने उद्देश्यले हिन्दु परम्पराअनुसार शिवरात्रिका अवसरमा महायज्ञ गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस