२८ जना उपसचिवको पदस्थापन तथा सरुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२८ जना उपसचिवको पदस्थापन तथा सरुवा


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । २८ जना उपसचिवको पदस्थापन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरूलाई पदस्थापन तथा सरुवा गरेको हो । 

बढुवा नियुक्त भएका उपसचिवहरूमध्ये २५ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, दुई जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र एक जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको हो । 

स्थानीय तहमा पदस्थापन गरिएका उपसचिवहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम कामकाज गर्न खटाइएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएका दुई जनालाई कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९(९) र अख्तियारमा पठाइएका उपसचिव राम बहादुर तामाङलाई निजामती सेवा ऐन, २०४९ को दफा १५(१) बमोजिम पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस