प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै


३ फाल्गुन २०७९, बुधबार


विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक आज (बुधबार) बस्दैछ । अर्को सूचना जारी नभएसम्मका लागि गत माघ २४ गते स्थगित भएको प्रदेश सभाको बैठक आज बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम रहेको छ । गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेसँगै बैठक स्थगित रहँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस