विप्लवसहित चार कम्युनिस्ट पार्टीबीच एकता हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विप्लवसहित चार कम्युनिस्ट पार्टीबीच एकता हुने


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । संसद् बाहिर भएका चार कम्युनिस्ट पार्टीहरूले एकताबद्ध भएर जाने विषयमा छलफल गरेका छन् ।

शुक्रवार काठमाडौँमा भेट भई चार पार्टी मोर्चा बन्दी गरेर जाने विषयमा छलफल गरेका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी र कर्णजीत बुढामगर नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीहरू माओवाद मान्नेहरू एक भएर जाने विषयमा छलफल गरेका हुन् ।

माओवादी पृष्ठभूमि र माओवाद मान्नेहरू एक ठाउँमा उभिनुपर्ने निष्कर्षमा पुगेको नेकपा माओवादी समाजवादी पार्टीका अध्यक्ष बुढामगरले बताए । आगामी फागुन १ गते जनयुद्ध दिवसमा एकै ठाउँमा मनाउने तयारी गरिएको बुढामगरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस