विश्वासको मत लिन प्रदेश सभा पुगे मुख्यमन्त्री रावल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्वासको मत लिन प्रदेश सभा पुगे मुख्यमन्त्री रावल


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको बैठकका लागि सांसद तथा मुख्यमन्त्री राजेन्द्रसिंह रावल प्रदेशसभा स्थल पुगेका छन्।

चार बजेका लागि बोलाइएको प्रदेशसभा बैठक केही बेरमा सुरु हुँदै छ। सरकार जोगाउन आजको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिनै पर्ने अवस्था छ। तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएसँगै बैठक हिजोदेखि दुई पटक सर्दै आएको थियो।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो। उनी एक महिनाअघि अन्य दलहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिन नसके सरकार ढल्छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११ (सभामुखसहित), एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन्। नाउपाले विश्वासको मत नदिएको अवस्थामा सरकारलाई बहुमत (२७) पुग्दैन।

Tags :
प्रतिक्रिया दिनुहोस