माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । माया खोला हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट भएको छ। कम्पनीको आइपीओ आज माघ २६ गते बिहीबार बिहान बाँडफाँट भएको हो।

यसमा १ लाख ९९ हजार २०० जना सर्वसाधारण आवेदकले गोला प्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्। आइपीओका लागि कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकामा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ।

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो। यो मध्ये १०५ अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघिनै निष्काशन गरिसकेको छ।

यसैगरी, ५५ अर्थात् १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो।

बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणलाई बिक्री खुला गरेको हो। सोही सेयर आज बाँडफाँट गरिएको हो। यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। इक्रा नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस