प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने


२४ माघ २०७९, मंगलबार


काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुमेह (सुगर)का बिरामीलाई लक्षित गरी वृहत् निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ ।

अस्पतालले आगामी फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामी लक्षित वृहत् निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो ।

नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ । दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरूका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ ।

सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन् । नर्भिक अस्पतालले बेला–बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ ।

विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरूलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस