‘फोरजी सेवा उपत्यकाभित्रै राम्रोसँग चलेको छ ? कर्मचारीले भनिदिनुपर्‍यो’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘फोरजी सेवा उपत्यकाभित्रै राम्रोसँग चलेको छ ? कर्मचारीले भनिदिनुपर्‍यो’


२२ माघ २०७९, आइतबार


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले काठमाडौँ उपत्यकाभित्रै फोरजी सेवा प्रभावकारी नभएको बताएका छन् ।

टेलिकमको १९औँ वार्षिकोत्सवमा बोल्दै अध्यक्ष खनालले टेलिकमको फोरजी सेवा काठमाडौँ उपत्यकाभित्रै राम्ररी चल्न नसकेको बताएका हुन् ।

टेलिकमले आफ्नो सेवाहरूलाई गुणस्तरीय बनाउने कहिले हो भन्दै उनले प्रश्न गरे, ‘फोरजी सेवा उपत्यकाभित्रै राम्रोसँग चलेको छ ? कोही कर्मचारीले भनिदिनुपर्‍यो । उपत्यकाको कुनै कुनामा जाँदा टेलिकमको फोर जी चल्दैन भने कसरी देशभर हामी फोरजी सेवा विस्तार गरेका छौँ भनेर बुझ्ने ?’

प्रविधिमा दिनप्रतिदिन फड्को मारिरहेको बेला टेलिकमले सेवाहरूमा थप मेहनत गर्नुपर्नेमा उनले जोड दिए । ‘अब हामीले सेवा धेरै दिँदा पक्कै पनि रेभेन्यू घटेको छ। तर यसमा डाटा र भिडियोलगायतका अनेक सेवाहरूमा गुणस्तरीयता ल्याउन त सकिन्छ नि। टेलिकमले यसबारेमा राम्रोसँग सोच्नुपर्‍यो’ उनले भने ।

उनले दूरसञ्चार प्राधिकरण आगामी दिनमा टेलिकमसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउँदै फाइबरका लागि फेरिपनि काम मौका खुलाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस