भीम रावललाई शिक्षामन्त्री खनालको प्रश्न : मेरो निजी विद्यालय कुन रहेछ ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भीम रावललाई शिक्षामन्त्री खनालको प्रश्न : मेरो निजी विद्यालय कुन रहेछ ?


२१ माघ २०७९, शनिबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेकपा एमालेका नेता भीम रावललाई जवाफ फर्काएका छन्।

शनिबार एक कार्यक्रममा बोल्दै भीम रावलले निजी विद्यालयमा लगानी भएका व्यक्ति नै शिक्षामन्त्री भएको बताएका थिए। स्वार्थ बाँझिनेगरी मन्त्रीहरू बनाइएको भन्दै उनले टिप्पणी गरेका थिए।

उक्त टिप्पणीमाथि जवाफ फर्काउँदै आफ्नो निजी विद्यालय देखाउन मन्त्री खनालले चुनौती दिएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो लगानी भएको निजी विद्यालय कुन रहेछ, म खोज्दै थिएँ , डा भीम रावललाई थाहा रहेछ। लौन भनिदिनुपर्‍यो। नाम, ठेगाना भए सजिलो हुन्थ्यो।’

Tags :
प्रतिक्रिया दिनुहोस