फुट्यो कमल थापा नेतृत्वको ‘राप्रपा नेपाल’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फुट्यो कमल थापा नेतृत्वको ‘राप्रपा नेपाल’


२१ माघ २०७९, शनिबार


काठमाडौँ । कमल थापा नेतृत्वको ‘राप्रपा नेपाल’ फुट्ने भएको छ । पार्टीका उपाध्यक्ष लाक्पा तामाङको नेतृत्वमा पूर्व राप्रपा नेपालको टिम पार्टी छाडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएको हो ।

यसअघि राप्रपा नेपालका अध्यक्ष रहेका तामाङले थापालाई गत फागुनमा अध्यक्ष पद सुम्पिएका थिए । तामाङले त्यति बेला थापालाई उनको नासो सुम्पिएको बताएका थिए ।

तामाङले आइतबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने बताइएको छ । पार्टीको औचित्य नै नभएका कारण आफूहरूले पार्टी परित्याग गर्न लागेको असन्तुष्ट समूहले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस