बराबरीमा रोकियो चेल्सी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बराबरीमा रोकियो चेल्सी


२१ माघ २०७९, शनिबार


काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।

शुक्रबार राति भएको खेलमा चेल्सी फुलहमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा चेल्सीले फुलहमसँग अंक बाड्नु परेको हो ।

फुलहमविरुद्धको खेलबाट चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेजले डेब्यु गरेका थिए ।

चेल्सीले अर्जेन्टिनाका मिडफिल्डर एन्जोलाई बेन्फिकाबाट कीर्तिमानी मूल्य १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो।

यस बराबरीसँगै चेल्सीले २१ खेलमा ३० अंक जोडेको छ । चेल्सी नवौं स्थानमा रहेको छ । फुलहमले २२ खेलमा ३२ अंक जोडेको छ ।

फुलहम छैटौं स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस