कामना सेवा विकास बैंकका सीईओसहित ४ जना थुनामुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कामना सेवा विकास बैंकका सीईओसहित ४ जना थुनामुक्त


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । उच्च धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रवीण बस्नेतसहित चार जना छुटेका छन् ।

इलाका प्रहरी कार्यालयका एक अधिकारीका अनुसार बस्नेतसहित वीरेन्द्र सिंह भण्डारी, ऋणी हरेन्द्र दाहाल र चन्द्रबहादुर थापालाई हाजिरी जमानतमा छाडिएको हो । उनीहरूलाई आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी हाजिरी जमानीमा छाडिएको ती अधिकारीले बताए । यससँग जोडिएका अझै ११ जना फरार छन् ।

सीआईबीको सहयोगमा इलाका प्रहरी कार्यालय, दमकले अगाडी बढाएको छानबिनका क्रममा झापा र मोरङका जग्गाहरूको उच्च मूल्याङ्कन देखाएर कम्तिमा पनि ८ करोड रुपैयाँ कर्जा अनियमितरुपमा प्रवाह गरेको देखिएको बताइएको छ । धेरै रकम ऋण दिँदा बैंको प्रधान कार्यालयबाट पनि स्वीकृति लिनुपर्ने भएकाले सिइओ पनि छानबिनमा तानिएका हुन् ।

सम्बन्धित समाचार : कम धितो राखी धेरै ऋण दिएको अभियोगमा बैङ्कका सिइओसहित चार जना पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस